सामान्य परिचय
कृषि ज्ञान केन्द्र, बझाङ्ग नेपाल सरकार अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तर्गत पर्ने एक सरकारी कृषि सेवा कार्यालय हो, जुन बझाङ जिल्लामा कृषि विकास र प्रविधि विस्तारका लागि स्थापना गरिएको छ। २०७५ सालमा स्थापना भएकाे कार्यालयले जिल्लामा उत्पादन उत्पादकत्व वृद्धि गर्ने र स्वस्थ उत्पादन गर्न प्रेरेत गर्ने जस्ता कार्यहरु गर्छ ।
📌 मुख्य भूमिकाहरू
- कृषकलाई सेवा तथा प्रविधि हस्तान्तरण: कृषि सम्बन्धी नवीनतम ज्ञान तथा उन्नत प्रविधिको प्रचार-प्रसार गरी कृषकको क्षमता अभिवृद्धि गर्नु।
- अनुसन्धान र परीक्षण: स्थानीय कृषि समस्या र अवसरहरूबारे अनुसन्धान तथा परिक्षण कार्य गर्दै उपयुक्त समाधान र प्रविधि सिफारिस गर्नु।
- तालिम र क्षमता निर्माण: कृषक, कृषि प्राविधिक र स्थानीय तहका कर्मचारीहरूको तालिममार्फत दक्षता वृद्धि गर्नु।
- समन्वय र कार्यक्रम सञ्चालन: जिल्ला तथा प्रदेश तहमा कृषि योजनाहरूको समन्वय, कार्यान्वयन तथा अनुगमनमा मद्दत गर्नु।
उदेश्य
- प्रदेश सरकारबाट बझाङ्ग जिल्लाको लागि स्वीकृत कार्यक्रमहरुलाई कृषकहरु समक्ष पुर्याउने ।
- परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
- कृषि प्रसार सेवा तथा कृषक पाठशाला सन्चालन गर्ने
- कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
- कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
- जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
- स्रोतकेन्द्रको रुपमा कार्य
- संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
- पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
- बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
- इन्टर्नसिप कार्यक्रम संचालन
- कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने